आफगानिस्तानबाट आइतवारसम्म पाँच सय चार नेपाली स्वदेश फिर्ता – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

आफगानिस्तानबाट आइतवारसम्म पाँच सय चार नेपाली स्वदेश फिर्ता


नयाँ विकल्प,

काठमाडौं -अफगानिस्तानबाट आइतबारसम्ममा पाँच सय चार जना नेपाली स्वदेश आइपुगेका छन् । अहिलेसम्म अफगानिस्तानबाट उद्धार भइ पाँच सय चार जना काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अफगानिस्तानबाट उद्धार भइ दोहा, दुबई, लन्डन, र नयाँ दिल्लीमा रहेका नेपालीलाई काठमाडौंसम्म ल्याउनका लागि समन्वय र सहजीकरण भइरहेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै कन्सुलर सेवा विभागको वेब पोर्टलमा आइतवार बेलुका पाँच बजेसम्म तीन सय ५६ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/  अनलाइन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न विभागले भनेकाे छ । यसका लागि भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन मन्त्रालयले अनुरोध गरेकाे छ ।

नाम टिपाएकामध्ये उद्धार भइ सुरक्षित गन्तव्यमा पुगेपछि त्यसकाे जानकारी माथि उल्लेखित फोन नम्बरहरू, ह्वाट्सएप, भाइबर  वा अनलाइन पोर्टलबाट दिन अनुरोध गरिएकाे छ । 

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ भाद्र ६, २२: १२

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ भाद्र ६, २२: १२

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०७८ भाद्र ६, २२: १२

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...