अफगानिस्तानबाट ६ सय ५४ नेपाली स्वदेश फिर्ता – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

अफगानिस्तानबाट ६ सय ५४ नेपाली स्वदेश फिर्ता



नयाँ विकल्प,

काठमाडौं – अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि स्वदेश फर्कने नेपालीको सङ्ख्या ६ सय ५४ पुगेको छ ।

सोमवार एक सय ४९ जना नेपाल आइपुगेसँगै स्वदेश फर्कनेको सङ्ख्या ६ सय ५४ पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्धार गरी स्वदेश फर्काइएका उनीहरूलाई सामाखुसीमा रहेको होल्डिङ सेन्टरमा लगेर कोरोना परीक्षण लगायतका प्रक्रिया पूरा गरी घर पठाइन्छ ।

अफगानिस्तानबाट उद्धार भइ दोहा, दुबई, लन्डन, र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई पनि काठमाण्डौसम्म ल्याउन पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरूलाई अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको छ ।

अहिलेसम्म तीन सय ६१ जनाले निवेदन दिएका र उनीहरूको उद्धारको प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/  अनलाइन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न विभागले भनेकाे छ । यसका लागि भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन मन्त्रालयले अनुरोध गरेकाे छ ।

नाम टिपाएकामध्ये उद्धार भइ सुरक्षित गन्तव्यमा पुगेपछि त्यसकाे जानकारी माथि उल्लेखित फोन नम्बरहरू, ह्वाट्सएप, भाइबर  वा अनलाइन पोर्टलबाट दिन अनुरोध गरिएकाे छ 

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ भाद्र ७, २१: ३८

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ भाद्र ७, २१: ३८

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ भाद्र ७, २१: ३८

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...