अफगानिस्तानबाट फर्किए मंगलबार थप ११२ नेपाली – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

अफगानिस्तानबाट फर्किए मंगलबार थप ११२ नेपाली

नयाँ विकल्प,


काठमाडौं – अफगानिस्तानबाट मंगलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् ।

जोर्डन एभीएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना नेपाली नागरिकको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

योसँगै हालसम्म अफगानिस्तानबाट ७७० जना नेपाली नागरिकको उद्धार भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उद्धार गरिएका नेपाली नागरिकलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षण लगायतका प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र भारतको नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/  अनलाइन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न विभागले भनेकाे छ । यसका लागि भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन मन्त्रालयले अनुरोध गरेकाे छ ।

नाम टिपाएकामध्ये उद्धार भइ सुरक्षित गन्तव्यमा पुगेपछि त्यसकाे जानकारी माथि उल्लेखित फोन नम्बरहरू, ह्वाट्सएप, भाइबर  वा अनलाइन पोर्टलबाट दिन अनुरोध गरिएकाे छ 

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ भाद्र ८, २०: २५

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ भाद्र ८, २०: २५

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ भाद्र ८, २०: २५

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...