
नयाँ विकल्प, काठमाडौं गृह मन्त्री बालकृष्ण खाणले दार्चुलाका जयसिंह धामी बेपत्ता भएका तुइन प्रकरणको छानबिन प्रतिवेदन चाँडो आउने बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरूले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उनले घटनाको मन्त्रालयद्वारा गठित समितिले गम्भीर रुपमा छानबिन गरिरहेको बताए ।
उनले केही सदस्य काम विशेषले बाहिर जाँदा प्रतिवेदन तयार हुन ढिलाइ भएको समेत जानकारी दिए ।
गृह मन्त्री खाणले विसं २०५० देखि अहिलेसम्म त्यस जिल्लामा तुइनबाट खसेर २६ जनाको निधन भएको बताए ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...