
नयाँ विकल्प,
काठमाडौं – लागूऔषध नियन्त्रण ब्यूरोले तीन किलो कोकिनसहित ३ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
(एनसीबी) को अपरेशनबाट अफ्रिकी नागरिक ३० वर्षीय स्रिले गेमा र भारतीय नागरिक विजय सिंह र तान्जेनियन नागरिक गेट्यूड लिनर्ड किमारोलाई पक्राउ गरेको हो ।
कतारबाट काठमाडौंमा महँगो लागूऔषध कोकिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ३ भदौमा कसरी प्रवेश गराएको प्रश्न उठेको छ ।
विमानस्थलबाट कोकिन कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान भइरहेको ब्युरोका एसपी जीवन श्रेष्ठले जानकारी दिए ।
आइतबार ब्यूरोले सार्वजनिक गरेको घटनामा लागूऔषध तस्करहरुले सुटकेशभित्र फल्स बटम बनाएर ल्याएका थिए ।
ब्यूरोको सूचनाकै आधारमा प्रहरी नायब उपरीक्षक (डीएसपी) फणिन्द्र प्रसाईंको नेतृत्वमा खटिएको टोलीले समातेको हो ।
ब्यूरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार ३ भदौमा कतार एयरवेजमार्फत लागूऔषध कोकिन आउँदैछ भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
त्यही आधारमा खटिएको टोलीले गामालाई पछ्याउँदै उनी बसेको होटलसम्म पुगेको थियो ।
‘कमलादीस्थित एक होटलमा जब कोकिन लिन भारतीय नागरिक विजय सिंह आए, प्रहरीले दुवैलाई पक्राउ गर्यो,उनको जिम्मेवारी भारतीय नागरिकलाई कोकिन डेलिभर गर्ने थियो, उनीहरुबाट कोकिन कारोबारमा किमारो पनि संलग्न रहेको खुल्यो ।’ श्रेष्ठले भने,
श्रेष्ठका अनुसार दुई वर्षदेखि काठमाडौं बस्दै आएकी किमारो भारत भाग्न लागेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट समातिइन् ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...