
नयाँ विकल्प,
काठमाडौ – श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक विमान श्रीलङ्कन एअरलाइन्सले मंगलवार अर्थात भोलिदेखि काठमाडौंमा उडान गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार श्रीलङ्कन एअरले मंगलबार र शनिवार कोलम्बो–काठमाडौं, काठमाडौं–कोलम्बो दुईतर्फी उडान गर्ने भएको हो ।
भोलि बिहान नौ बजेर ४० मिनेटमा एक सय ४० जना यात्रु लिएर आउने जहाज १० बजेर ४० मिनेटमा एक सय ५० जना यात्रु बोकेर फर्कनेछ ।
श्रीलङ्कन एअरलाइन्सको नेपालका लागि जनरल सेल्स एजेन्ट जीएसए रहेको जेनिथ ट्राभलका प्रमुख दीपक मैनालीले काठमाडौं र श्रीलङ्काबीचको धार्मिक पर्यटनलाई जोड्ने हिसाबले यो उडान सुरु भएको जानकारी दिए ।
अहिले श्रीलङ्काले पर्यटकलाई आगमन स्वीकृति दिइएको छ ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...