
नयाँ विकल्प, काठमाडौं – देशका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षाले कारण १५ जनाको ज्यान गएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअनुसार भदौ १० पछिको चार दिनमा बाढी–पहिरोमा परेर १० जनाको ज्यान गएको हो ।
अवधिमा तीन जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् ।
क्षतिको विवरण सङ्कलनको क्रम भने जारी छ । बन्द भएका कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।
प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ ३१ पछि अहिलेसम्म मनसुनजन्य घटनामा परेर एक सय जनाले ज्यान गुमाएका छन् ।
यस अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् भने एक सय नौ जना घाइते भएका छन् ।
मनसुनजन्य विपदमा परेर ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेबल पुल र ३० झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...