
नयाँ विकल्प,
काठमाडौं – ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरुले नाराबाजी र प्रदर्शन गरेका छन् ।
८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै आइतबार कैदीबन्दीहरुले प्रदर्शन गरेका हुन् ।
रासनमा घोटाला गरेको, टेलिफोन सुविधा सहज नबनाएको, सरकारले दिने अन्य सुविधामा पनि आफ्नो मनोमानी गरेको भन्दै कैदीहरुले चौकीदारहरु विरुद्ध प्रदर्शन गरेको ललितपुर प्रहरीले जनाएको छ ।
कैदीहरुले चौकीदारलाई हटाउनु पर्ने माग राख्दै निवेदन समेत दिएका छन् ।
विशाल विष्ट मुख्य नाइके रहेको नख्खु कारागारमा कर्तव्य ज्यान, लागूऔषध, मानव तस्करी, हातहतियार–खरखजाना लगायतका कसुरमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु छन् ।
नख्खु कारागारमा एक हजार चार सय ८६ जना कैदीबन्दी रहेका छन् ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...