
नयाँ विकल्प,
काठमाडौं – काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि २ लाख घूस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १४ नम्बर वडा सदस्य वसन्त महर्जनलाई पक्राउ गरेको हो ।
जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका उनले घूस मागेको उजुरीको आधारमा आयोगबाट खटिएको टोलीले महर्जनलाई पक्राउ गरेको हो ।
घुस लिइसकेको अवस्थामा उनलाई कलंकीको खसीबजार स्थित न्यूकान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...