
नयाँ विकल्प,
काठमाडौं – ललितपुरबाट औषधी पसल चलाउन फार्मेसी काउन्सिलबाट जारी गरिने नक्कली प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बागलुङको बडीगार्ड गाउँपालिका ९ घर भएका ३२ वर्षीय युद्ध बहादुर केसीलाई पक्राउ गरिएको ललिपुर प्रहरीले जनाएको छ ।
नेपाल र भारतका मेडिकल कलेजबाट पास गरेको डिप्लोमा इन फार्मेसीको सर्टिफिकेट बनाएर केसीले फार्मेसी काउन्सिलबाट जारी गरिने नक्कली प्रमाणपत्र बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
डिप्लोमा इन फार्मेसी पास भएपछि फार्मेसी काउन्सिलबाट दर्ता प्रमाणपत्र लिनुपर्छ ।
डिप्लोमा इन फार्मेसी र फार्मेसी काउन्सिलको प्रमाणपत्र बनाएर उनले ३ लाखसम्म लिने गरेको थाहा भएको छ ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...