अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह

नयाँ विकल्प,

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ ।

दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्ने क्रममा गएको साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका घटना तथा एमसीसीलगायतलाई लिएर भइरहेका आन्दोलनलाई लक्षित गरी गृह मन्त्रालयबाट प्रकाशित विज्ञप्तिमा ध्यानाकर्षण भएको आयोगले जनाएको हो ।

‘गृह मन्त्रालयबाट २०७८ भदौ १८ र २० गते मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रूपमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिनेजस्ता गतिविधि गर्नेमाथि कडा कारबाही गरिने व्यहोराका प्रेस विज्ञप्तिहरू प्रकाशित भएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।


गृह मन्त्रालयबाट भर्खरै प्रकाशित विज्ञप्तिहरूबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको हो ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ भाद्र २२, २१: १०

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ भाद्र २२, २१: १०

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ भाद्र २२, २१: १०

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...