
नयाँ विकल्प,
काठमाडौं – शिक्षा पत्रकार प्रकृति अधिकारीद्धारा लेखिएको ‘राणाकालीन शिक्षा’ पुस्तक बुधवार सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।
शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेको हुन् ।
राणाकालको १०४ वर्षको अवधिमा झाङ्गिएको शिक्षाको विकासक्रमका बारेमा खोजमूलक तथा ऐतिहासिक सामग्रीसहितको यस पुस्तकमा राणाकालीन शैक्षिक लिखत, दस्तावेज आदि समावेश गरिएका छन् ।
यस पुस्तकमा अहिलेसम्म बाहिर नआएका तथ्य अगाडि ल्याइएको र यसबाट नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुने लेखक अधिकारीले बताए। लेखक अधिकारी विगत २५ वर्षदेखि शिक्षा पत्रकारिता गर्दै आएका छन्।
यसअघि उनको ‘एसएलसीको इतिहास’नामक पुस्तक २०७४ सालमा प्रकाशन भएको थियो । अहिले प्रकाशित पुस्तक ईडीयु सञ्जालले प्रकाशन गरेको छ ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...