नयाँ विकल्प,
पर्वत – मध्यपहाडी लोकमार्गअन्तर्गतको पर्वत–बाग्लुङ बिहीवार बेलुकीदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
भदौ १७ गते राति वर्षासँगै पहिरो खसेर बन्द भएको सडक एकतर्फी खुलेको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए ।
कुश्मा नगरपालिका ७ खरेयादेखि मोदी गाउँपालिका ५ अम्बोटसम्म पहिरोले बन्द भएको सडक सुरक्षाकर्मीको लामो प्रयासले सञ्चालनमा आएको हो ।
सडकमा झरेको पहिरो पन्छाएर एकतर्फी मात्रै गाडी गुड्न मिल्ने बनाइएको छ ।
लोकमार्गमा २० ठाउँमा पहिरोले बाटो बन्द भएको थियो ।
पहिरोले मध्यपहाडी लोकमार्ग थुनिएपछि पर्वत, बाग्लुङ र मुस्ताङको सडक सञ्जाल पूर्ण ठप्प थियो ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...