प्रहरीद्धारा त्रिभुवन विमानस्थलबाट २ करोड बढीको सुन बरामद – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

प्रहरीद्धारा त्रिभुवन विमानस्थलबाट २ करोड बढीको सुन बरामद

नयाँ विकल्प,

काठमाडौं -त्रिभुवन विमानस्थलमा दुई करोड बढीको सुनको गहना प्रहरीले हातपारेको छ ।

भदौ २८ गते बिहान ०८:३० बजे श्री एयरलाइन्सको उडान नं. SHA731 मा काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको ब्यागेज  एरियाको X-ray Machine मा चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा सुन बरामद गरिएको हो ।

कैलाली बदगोरिया गा.पा.वडा नं. १ स्थायी घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उ.म.न.पा. वडा नं. २ घर भएका ४७ वर्षका मुरारी राज अधिकारीको ब्यागेजमा गहनाहरू फेला परेको प्रहरीले जनाएको छ ।

राज भण्डारीको साथबाट मूल्य रु.३६,६४,२२५ बराबरको ५१५ ग्राम  तौलको २२ क्यारेटको गरगहनाहरुको र मुरारी राज अधिकारीको २४ क्यारेटको ५९७ ग्राम (मूल्य रु.४६,३७, १९७/-), २२ क्यारेटको १५५२ ग्राम (मूल्य रु. १,१०,४२, ४८०/-) र पत्थर जडित १४ क्यारेटको गरगहना तौल ६९६ ग्राम (मूल्य रु.३१, ४८, ४९५/-) गरी सुनका गरगहनाहरू फेला परेको बताइएको छ ।

सबै गहनाको कुल जम्मा तौल ३३६० ग्राम र मूल्य दुई करोड चौबीस लाख बयानब्बे हजार तीन सय सन्तानब्बे रुपैयाँ रहेको छ ।

गहनाहरु प्रमाणित, नापतौल र मुल्याङ्कनको लागि काठमाडौं सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटी, काठमाडौं पठाइएको थियो ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको छ ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ भाद्र २९, २१: ४७

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ भाद्र २९, २१: ४७

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ भाद्र २९, २१: ४७

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...