
नयाँ विकल्प
काठमाडौं – बङ्गलादेशको शरणार्थी शिविरमा रहेका रोहिङ्ग्याहरुलाई प्रभावमा पारेर नेपाल ल्याउने तीन जना पक्राउ परेका छन् ।
मानव बेचबिखन तथा ओसारपसारको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौंमा कपडा बेच्दै हिँड्ने म्यानमारका नुरुल अमिन, काठमाडौंमौ हार्डवेयर पसलमा काम गर्ने म्यानमारकै सोफिक अलाम र काठमाडौंमा कपडा पसल गर्ने बङ्गलादेशका अज्मत उल्लाह रहेका छन् ।
उनीहरुले नेपालमा गएपछि मासिक भत्ता राम्रो पाइने, नेपालबाट अमेरिका जान परिचय पत्र पाइनेजस्ता प्रलोभन देखाएर एक व्यक्तिबाट दुई लाख ५० हजार बङ्गलादेशी रकम लिइ ओसारपसार गर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
पक्राउ परेकाहरुले शरणार्थीलाई महिनामा पुरुषलाई प्रति–व्यक्ति पाँच हजार सात सय ५०, महिलालाई तीन हजार सात सय ५० र बालबालिकालाई दुई हजार सात सय ५० रुपैयाँ भत्ता सुविधा पाउने प्रलोभन देखाएका सीआईबीले जनाएको छ ।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...