
नयाँ विकल्प,
काठमाडौं – काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ ।
सोमवार वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।
एक कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाडौंको साक्षरता प्रतिशत ९६ दशमलव ८८ प्रतिशत रहेको भन्दै काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरिएको बताए । ।
अब काठमाडौंलाई पूर्ण साक्षर बनाउन लागिपर्नेमा उनले जोड दिए ।
शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौती रहेको बताए ।
स्रोत र साधन पर्याप्त भए पनि यसलाई व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ।
निर्देशक लुइँटेलले शिक्षाको कार्यक्रममा र कार्यान्वयनमा जटिल समस्या रहेको भन्दै नेपालमा शिक्षाको अहिलेको अवस्था बसको इन्जिन नबनाइ झ्याल ढोका बनाउन थालिएको र इन्जिन मुग्लिनमा गएर जोड्नेजस्तो तरिकाले अघि बढिरहेको बताए ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...