
नयाँ विकल्प,
रूपन्देही – बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने स्थानीय गणेश पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ ।
पहिरो क्षेत्रको अवलोकन गर्न गएका मेयर सुवदीलाई स्थानीय पंगेनीले आक्रमण गरेको हुन् ।
सोमबार गएको पहिरोको अवलोकन गर्न प्राविधिकसहितको टोली लिएर मेयर सुवेदी सो क्षेत्रमा गएका थिए ।
घटनापछि एमालेले उनलाई पक्राउ गरि छानविन गर्न माग गरेको थियो ।
सोमबार साँझ प्रहरीले बुटवलबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...