
नयाँ विकल्प,
सप्तरी – सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको ज्यान गएको छ ।
सर्पले टोकेर नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ वर्षीया सुनिता मण्डल र उहाँका भाइ नौ वर्षीय कृष्णको ज्यान गएको प्रहरीले जनाएको छ ।
घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरूलाई अस्पताल लगिएको थियो ।
सुनिताको उपचारका क्रममा सिरहाको लहानमा रहेको रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा ज्यान गएको र कृष्णको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान गएको सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी)एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...