खैरो हेरोइनसहित ललितपुरबाट ३ जना पक्राउ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

खैरो हेरोइनसहित ललितपुरबाट ३ जना पक्राउ

नयाँ विकल्प,

काठमाडौं – ललितपुरमा प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका १४ स्थित बुढाथोकी चोकबाट गोरखा घर भएका २८ वर्षीय गणेश अधिकारीसहित ३ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २०९ दशमलव ५७ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

बा.१० च ३३०९ नम्बरको सेतो रंगको कार्गो भ्यानमा सवार युवाहरुले चारवटा सिलबन्दी पोका बनाएर लागु औषध लिएर हिँडेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

आरोपीहरुबारे महानगरीय प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन ११, २१: ४१

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ आश्विन ११, २१: ४१

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ आश्विन ११, २१: ४१

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...