
नयाँ विकल्प,
काठमाडौ. – महानगरीय प्रहरी परिसर काठमाडौले विशेष अभियान सञ्चालन गरेर दुई सय सात जना पाकेटमारलाई पक्राउ गरेको छ । गएको भदौ ५ गतेदेखि असोज १५ गतेसम्म सञ्चालन गरिएको अभियानमा काठमाडौ उपत्यकाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रु र किनमेल गर्न बजारमा गएकाहरूको पाकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
पक्राउ परेका दुई सय सात जनामध्ये एक सय ६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पुरा भइ जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कारागार चलान गरेको परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिहंले बताए ।
पाकेटमारहरू समूहमा सार्वजनिक बसभित्र पसेर यात्रुहरूलाई घेराबन्दीमा पारेर साङ्केतिक भाषाको प्रयोग गर्दै नगद, मोबाइल तथा सुन चोरी गर्ने गरेको एसएसपी सिंहले बताउनुभयो ।
काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था सामान्य बनाउन र दशैँका बेला हुने आवतजावतमा हुन सक्ने पाकेटमारी तथा चोरीलाई रोक्न सक्रिय भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...