सुक्खा पहिरोले बन्द पृथ्वी राजमार्गको गल्छी खण्ड एकतर्फी खुल्यो – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

सुक्खा पहिरोले बन्द पृथ्वी राजमार्गको गल्छी खण्ड एकतर्फी खुल्यो


नयाँ विकल्प,

धादिङ – सुक्खा पहिरोले बन्द पृथ्वी राजमार्गको गल्छी खण्ड एकतर्फी खुलेको छ ।

पहिरोले रोकिएका गाडी खुलेपछि गन्तव्यतर्फ लागेका छन् ।

हिजो बुधवार राति सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्गको गल्छीमा गाडी रोकिएका थिए ।

झन्डै १० किलोमिटरसम्म गाडीको लाइन लागेको थियो ।

सडक विभाग र एक्स्काभेटरले पहिरो हटाएको गल्छी गाउँपालिका ७ का वडाध्यक्ष हरि खतिवडाले बताए ।

अहिले गाडीको चाप बढेको छ ।


बुटबल–नारायणगढ तथा नारायणगढ–काठमाडौं सडकमा बेला बेला पहिरो आउने र गाडी बीच बाटोमै बिग्रने कारण दशैँका लागि घर तथा गन्तव्यमा हिँडेका यात्रुले सास्ती खेप्दै आएका छन् ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ आश्विन २१, २१: ०८

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ आश्विन २१, २१: ०८

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ आश्विन २१, २१: ०८

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...