हुम्लामा हिमपात, लिमीमा फसे विदेशीसहित १२ जना – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

हुम्लामा हिमपात, लिमीमा फसे विदेशीसहित १२ जना

हुम्ला । नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय तुम्लिङमा फसेका छन् ।

पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु फसेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

हिमपातका कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना रोकिएका हुन् ।

असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम थियो । न्यालु लेकमा बाक्लो हिमपात हुँदा उक्त टोली उतै रोकिनुपरेको पेमा लामाले बताए ।

सम्बन्धित समाचार

लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
  • २०७८ कार्तिक ४, ११: ३७

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ कार्तिक ४, ११: ३७

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ कार्तिक ४, ११: ३७

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...