बीच बाटोमा नै खाना पकाउने ग्याँस चोरी गरेर बेच्ने गिरोह पक्राउ – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

बीच बाटोमा नै खाना पकाउने ग्याँस चोरी गरेर बेच्ने गिरोह पक्राउ

धादिङ । भारतबाट विभिन्न कम्पनीहरुमा ढुवानी हुने खाना पकाउने एलपी ग्याँस बाटोमा नै चोरी गरेर बेच्ने गिरोह पक्राउ परेको छ । बाटोमा नै चोरी गर्ने तथ्य सार्वजनिक भएपछि प्रहरीले छापा मारेको थियो ।

सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित एक पसलमा ग्याँस बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिन्डरमा भरिरहेका तीन जनालाई पक्राउ गरेको हो ।

ग्याँस चोरी गरेर बेच्ने कार्यमा संलग्न व्यापारी ४३ वर्षीय भरत कार्की, चालकहरु सुनुकुमार र विपिन कुमार रहेका छन् । प्रहरीले भारतबाट आएका दुईवटा एन.एल ०११० १३१ र युपी ७० बीटी ९९९६ नम्बरको ग्यास बुलेट नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७८ कार्तिक ४, १२: ०७

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
  • २०७८ कार्तिक ४, १२: ०७

काठमाडौँ— गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक...

प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ
प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ
  • २०७८ कार्तिक ४, १२: ०७

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् । ७१औं...