विद्युत खपतको माग बढाउने गरी कामको थालनी गरेका छौं: घिसिङ्ग – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

विद्युत खपतको माग बढाउने गरी कामको थालनी गरेका छौं: घिसिङ्ग

काठमाडौं । सर्वोच्चको आदेश र स्थानीयको अवरोधका कारण प्राधिकरणले तीव्र गतिमा काम गर्न नसकेको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आरोप लगाएका छन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको  १२औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शुक्रबार घिसिङले यस्तो आरोप लगाएका हुन । अहिले मुलुकभर १५ हजार मेगावाटको माग धान्न सक्ने गरी प्रशारणलाइन बनाउनेतर्फ प्राधिकरण लागिपरेको जानकारी दिए ।

विद्युतीय चुल्होलगायतका विभिन्न क्षेत्रमा विद्युत खपतको माग बढाउने गरी काम थालनी गरिरहेको भन्दै प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाइरहेको बताए ।

उनले ४ सय ५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स पाउनेसमेत जानकारी दिए । भारततर्फबाट आएको विद्युतको माग कम गर्नेगरी कार्य भइरहेको भन्दै अहिले हरेक दिन ४ देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको घिसिङ्गले दावी गरे ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ कार्तिक ५, १७: ५८

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ कार्तिक ५, १७: ५८

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०७८ कार्तिक ५, १७: ५८

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...