रूकुमको आठविसकोटमा १३ वर्षीया बालिका बलात्कार, अवस्था गम्भीर – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

रूकुमको आठविसकोटमा १३ वर्षीया बालिका बलात्कार, अवस्था गम्भीर

रुकुम । भलिबल प्रतियोगिता हेर्न गएकी बालिकालाई आठबीसकोट नगरपालिकाका युवाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । जाजरकोट नलगाड नगरपालिका १ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको हो।

गत बुधबार रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ । बाँकेज्युलामा आयोजित भलिवल प्रतियोगिता हेर्न गएकी बालिकालाई आठविसकोट नगरपालिका १४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरेको प्रहरीमा जाहेरी परेपछि घटना बाहिरिएको हो ।

जाहेरी दर्ता भइसके पनि अभियुक्त जैसीलाई भने प्रहरीले फेला पार्न सकेको छैन । बालिकालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि बिहीबार नेपालगञ्ज पठाइएको छ।बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ कार्तिक १२, ०८: २२

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ कार्तिक १२, ०८: २२

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०७८ कार्तिक १२, ०८: २२

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...