कैलाली जिल्ला अदालतबाहिर पीडितकाे विरोध प्रदर्शन – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

कैलाली जिल्ला अदालतबाहिर पीडितकाे विरोध प्रदर्शन

धनगढी । हत्या आरोपीलाई धरौटीमा रिहा गरेको भन्दै कैलाली जिल्ला अदालतबाहिर विरोध प्रदर्शन गरिएको छ । लम्किचुहा नगरपालिका–३ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न आरोपीलाई धरौटीमा रिहा गरेको भन्दै आफन्त र परिवारजन प्रदर्शन गरेका हुन् ।

आज (सोमबार) उनीहरुले मान्छे मार्न पाइदैन, न्यायलय बिक्न बन्द गर, फरार अभियुक्तलाई इन्काउन्टर दे लगायतका नारा लगाउँदै धनगढीमा प्रर्दशनसहित जिल्ला अदालत अगाडि धर्ना दिएका छन् । जिल्ला अदालत अगाडि अहिले उनीहरू नाराबाजी गरिरहेको स्थानीयले बताएका छन् ।
लम्कीचुहाका भूपेन्द्र बडुवालको गत कात्तिक २३ गते टीकापुरमा धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । केन्द्रीय अनुसन्धान व्युरोसहितले अनुसन्धान गरेको उक्त घटनामा प्रहरीले हत्या आरोपमा १२ जनालाई पक्राउ गरेको थियो भने अन्य ९ जना अझै फरार छन् ।

मुद्दाका ९ जनालाई पुर्पक्षका लागि कारागार चलान र तीन जनालाई धरौटीमा छोड्ने आदेश कैलाली जिल्ला अदालत दिएको थियो ।

सम्बन्धित समाचार

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ मंसिर २७, १३: ५७

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ मंसिर २७, १३: ५७

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ मंसिर २७, १३: ५७

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...