
बाँके । अत्याधिक चिसोका विद्यालयमा विरामी पर्न थालेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । बाके विभिन्न नगरपालिकाहरुले चिसोले विद्यार्थीहरु विरामी हँदा पठनपाठनमा समस्या भएकाले केही दिनका लागि विद्यालयमा पठनपाठन बन्द गर्नु परेको बताएका छन् ।
त्यस्तै बाँकेको खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसो बढेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको जानकारी दिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख रामसुरेश यादवले आफ्नो क्षेत्रमा रहेका सामुदायिक तथा निजी विद्यालयका प्राथमिक तहमा विदा दिएको भएपनि निजी शैक्षिक संस्थाले बेवास्ता गरेको बताए ।
उनका अनुसार पछिल्लो एक सातादेखि बाँकेमा अत्यधिक चिसो बढेका कारणले विद्यालयमा पढ्न आएका बालबालिका बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...
काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य...