मुस्ताङमा अहिलेसम्मकै बढी परीक्षार्थी सहभागि यो वर्ष ५ लाख बढीले SEE दिदै – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

मुस्ताङमा अहिलेसम्मकै बढी परीक्षार्थी सहभागि यो वर्ष ५ लाख बढीले SEE दिदै

काठमाडौं । हिमाली जिल्ला मुस्ताङमा यो वर्ष एसईई दिने विद्यार्थीको संख्या हालसम्मकै बढी छ। यो वर्ष १ सय ८० जना विद्यार्थी एसईई परीक्षा दिदैछन् ।

मुस्ताङको थासाङ गाउँपालिकामा निजी क्षेत्रको एक बुद्धिष्ट विद्यालय थपिएसँगै एसईई दिने विद्यार्थीको संख्या बढेको केन्द्राध्यक्ष रामचन्द्र अधिकारीले बताए ।

यस वर्षको परीक्षामा देशभरबाट ५ लाख बढी परीक्षार्थी सहभागी हुँदैछन् । दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिदै एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र

१ लाख ५७ हजार ९ सय १४ र छात्रा २ लाख ५७ हजार ५३ जना गरी कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुने बताए । दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी र प्राविधिक धारकातर्फका

२ सय ९९ विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन् । यो वर्ष परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ जना विद्यार्थी सहभागी हुँन लागेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७९ बैशाख ९, ०७: ५९

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७९ बैशाख ९, ०७: ५९

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७९ बैशाख ९, ०७: ५९

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...