

काठमाडौं । नेपाल सरकारको आइतबारको निर्णयबाट नेपाल प्रहरीको महानिरिक्षक (आइजीपी) मा नियुक्त भएका धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलको महानिरिक्षकमा नियुक्त भएका राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन ।
सोमबार विहान गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई दर्ज्यानी चिन्ह (फुली) लगाएका हुन् ।
दैलेखमा जन्मिएका आइजीपी सिंह २०४९ चैत ११ मा प्रहरी निरिक्षक पदबाट प्रहरी सेवामा भर्ना भएका थिए । शसस्त्रका आईजीपी अर्याल भने २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । आईजीपीको रूपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...