
नयाँ विकल्प,
काठमाडौं- धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् सशस्त्र बेश क्याम्प महिनाथपुरबाट खटिएको टोलीले हतियारसहित भारतको बिहारको मुजफ्फरपुर ७ साहेबगङ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमारलाई पक्राउ गरेको हो ।
जकपुरधामबाट भारततर्फ जाँदै गरेको तीनै सवार बिआर ०६ एपी ३००८ नम्बरको मारुती सुजुकी कारलाई भारतीय सीमा क्षेत्रमा रोकेर जाँच गर्दा सिटमुनीबाट मेड इन युएसए लेखिएको ७.६५ राउन्ड एक थान लोड भएको पेस्तोल बरामद हो । पक्राउ परेका तीनैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...
काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...