
नयाँ विकल्प,
काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी)का आकांक्षी विशाल भारती बढुवा सिफारिसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । सोमबार न्यायाधीश नहकुल सुवेदीको इजलासले उनको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । साथै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले २ असोजमा नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्ने निर्णय गरेको थियो । थप १४ सिट रिक्त हुँदा हुँदा आफूलगायतलाई छुटाएको भन्दै भारती सर्वोच्च अदालत पुगेका हुन् ।
भारतीले अदालतमा दिएको रिट निवेदनमा आफूलाई छुटाएर जुनियर प्रहरी निरीक्षकहरुलाई बढुवा दिइएको भनिएको छ । निवेदन अनुसार हाल बढुवा भएकामध्ये ६ जना मात्रै उनीभन्दा पुरानो ब्याचका हुन्, बाँकी २७ जना ६ साउन २०७० मा प्रहरी निरीक्षक भएकाहरु हुन् ।
काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...
रूपन्देही : चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गर्दै उक्त नीति तत्काल खारेज गरी समानुपातिक, पारदर्शी...
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...