काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् । दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेको र उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् । इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् । ‘उहाँलाई चोटपटक लागेको छ, बोलिरहनु भएको छ, उद्धारको प्रयास भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय ललितपुरका एक अधिकृतले भने ।
उद्धारका लागि सात दोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशी नेतृत्वको टोली खटिएको छ ।
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...
धनुषा : धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र ९ ) का...
काठमाडौँ — विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालले भोगेको गम्भीर प्राकृतिक क्षति र आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (COP) मा देशको कूटनीतिक...