नारी सञ्चार गृहको पद हस्तान्तरण – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

नारी सञ्चार गृहको पद हस्तान्तरण

विर्तामोड । नारी सञ्चार गृह झापाको पदहस्तान्तरण तथा सम्मान कार्यक्रम झापाको विर्तामोडमा सम्पन्न भएको छ । गत माघ २५ गते सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो ।

नारी सञ्चार गृहकी निवर्तमान अध्यक्ष शावित्रा दाहालले नवनिर्वाचित अध्यक्ष अम्बिका भण्डारीलाई संस्थाको माइन्युट तथा खातापाता हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेकी हुन् । भवानी क्षेत्रीको संयोजकत्वमा इन्दु पूर्वेली र लीला अनमोल सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

अम्बिका भण्डारीको नेतृत्वमा गठित समितिको उपाध्यक्षमा भिमा शिवाकोटी, सचिवमा रेजिना गौतम, सहसचिवमा स्वस्तीका आचार्य, कोषाध्यक्षमा सुशिला संग्रौला रहनुभएको छ भने सदस्यहरुमा ज्योस्ना श्रेष्ठ, भूमिका सुब्बा र राधाखनाल रहनुभएको छ ।

भूगोल र जातजातिको आधारमा नयाँ समितिले केही सदस्य थप गर्ने बताइएको छ । उक्त अवसरमा २०२६ सालमा प्रकाशक÷सम्पादकको भूमिका निर्वाह गर्दै झापाली पत्रकारितामा कलम चलाउने पहिलो महिला पत्रकार बेदकुमारी रेग्मीलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्ला अर्पण गर्दै सम्मान गरिएको थियो । सम्मानित ब्यक्तित्वको जीवनीबारे भवानी क्षेत्रीले प्रकाश पार्नुभएको कार्यक्रममा सम्मानपत्र वाचन स्वस्तीका आचार्यले गरेकी थिइन् ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्य र नारी सञ्चार गृहका निवर्तमान अध्यक्ष शावित्रा दाहाल तथा नवनिर्वाचित अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेनुका काफ्ले, विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा वीरता जेसीजका अध्यक्ष एकराज गिरी, विर्तामोड नगरपालिकाका उपमेयर पवित्रा महतारा प्रसाई, सम्मानित ब्यक्तित्वकातर्फबाट भाषाविद चुडामणि रेग्मी, नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

शुभकामना राख्ने अधिकांश बक्ताहरुले सामाजिक विषयवस्तु र खोजमूलक समाचारलाई प्राथमिकता दिदै न्यायमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिए । भीमा शिवाकोटीले स्वागत गरेका कार्यक्रमको सञ्चालन इन्दु पूर्वेलीले गरेका थिए ।

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७४ चैत्र ५, ०९: ००

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७४ चैत्र ५, ०९: ००

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ चैत्र ५, ०९: ००

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...