शीशु संघीयताका चुनौतिहरु – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

शीशु संघीयताका चुनौतिहरु

सुमित भण्डारी

नेपाल पूर्ण रुपमा संघीयताको बाटोमा अगाडि बढे पनि संघीय वयवस्था टिकाउनको लागि भने चुनौतिका पहाडहरु थुप्रै छन् । एकातिर जातिय र क्षेत्रीय भूगोलको सन्तुलन मिलेको छैन भने अर्कोतिर संविधान संशोधनको चुनौति सरकार सामु छ । प्रदेश सरकार गठन भएता पनि प्रदेशको आर्थिक विकासको योजना सरकारसँग छैन । राजनैतिक नाराले मात्रप्रदेश सरकार बलिया हुँदैनन् ।

त्यो प्रदेशको आर्थिक श्रोत, साधन पहिचान गरी दुर दराजका जनताहरुलाई सेवा प्रदान गर्नु प्रदेश र स्थानीय सरकारको दायित्व भएता पनि धेरै जसो सरकारका नीति र कार्यक्रमहरु केन्द्रिकृत नै छन् । राष्ट्रसेवक कर्मचारी खटाइएको ठाउँमा नपुग्नुु, थप सेवा सुविधा सरकारले दिन नसक्नु यो एउटा प्राविधिक समस्या मात्र हो । त्यो भन्दा बढी चुनौति परनिर्भरता नै हो । केन्द्रिय सरकारको मुख ताकेर मात्र प्रदेश सरकारको आर्थिक सबलीकरण हुन सक्दैन । प्रदेश सरकारलाई आत्मनिर्भर बनाउने योजना सरकार सामु छैन ।

बजेट पनि छैन, प्रदेश सांसदहरु प्रायःजसो राजनीतिक बेरोजगार जस्तो भएका छन् न नीति र कार्यक्रम छ ? न विकास को योजना छ ? न सार्थक आत्मविश्वास छ ? कसरी प्रदेश सरकारहरु बलिया हुन सक्छन् ? भन्ने आम जनताको चासो छ । निर्वाचनका बेला जनतासँग गरेका बाँचाहरु पूरा गर्न नसके जनताले नै ठेगान लगाई दिन्छन् । जनताका आश्वासन पूरा गर्न सरकारसँग बजेट छैन र प्रदेश सांसदको काम, कर्तव्य र अधिकारको बारेमा थाहै छैन भने नीति र कार्यक्रम पनि छैन । अब जनतालाई काम दिन नसके फेरि कसरी विश्वास गर्लान् । वास्तवमा २०६२÷६३ को जनआन्दोलनको म्यान्डेड गणतन्त्र थियो । संघीयता र धर्मनिरपेक्षता चाँही थिएन ।

आन्दोलनको भावना विपरित विभिन्न शक्ति केन्द्रहरुले आफ्नो स्वार्थ पूर्तिका लागि संघीयता लागू गरेको हुन सक्छ । संघीयता जनताको अधिकार हो भन्ने नाउँमा संविधान कर्ताहरुले पैसा लिएर विदेशीको ईशारा अनुसारको संघीय व्यवस्था लागू गरेको पाइन्छ । जनतालाई अधिकार लिने नाउँमा अव्यवहारिक भूगोलको बाँडफाँड गरेको पाइन्छ भने जनताका सेवा केन्द्रहरु झनझन जटिल बन्दै गईरहेका छन् । आ–आफ्नै ढंगबाट रितिरिवाजहरु सहित बसेका जनतालाई संघीयताले विभेद गरेको छ ।

जातीय विभेद, धार्मिक विभेद, भाषिक विभेद लगायत भूगोल सम्मको विभेदले जनताहरुलाई संघीयताले जनतालाई आन्दोलित तुल्याएको छ । धन्न नेपाली जनता आफैंमा विवेकशील भएकाले संघीयताको नाममा यहाँ ठूलो हिंसात्मक आन्दोलन भएको छैन । समाजमा धर्म र संघीयताका नाममा अशान्ति मच्चाउनका लागि युरोपेली युनियनदेखि थुप्रै एन.जि.ओ. र आई.एन.जि.ओ.को भूमिका क्रियाशील रहेको पाइन्छ ।

सरकारले यस्ता गलत गतिविधि बढाउने र राष्ट्र विरोधी कार्य गर्ने जो कोहीलाई पनि नियन्त्रण गर्न सकेन भने भविष्यमा यहाँ हिंसात्मक आन्दोलन नहोला भन्न सकिन्न । उदाहरणको लागि वर्तमान समयमा गाईको मासु खान पाउनु पर्छ भन्ने एक खाले अतिवादी शक्तिले धार्मिक हिंसा फैलाएर नेपाललाई असफल राष्ट्र बनाउन खोजेको पाइन्छ ।

गाई राष्ट्रिय जनावर भनेर संविधानमा उल्लेख छ भने गौमाता देवता हुन । यहाँ बहुजाति, बहुसंस्कृति भएतापनि नेपाल हिन्दु राष्ट्र हो । हिन्दू धर्म समाप्त पार्न यहाँका केही दुर्जनहरु भाडामा वा पैसामा क्रियाशील छन् । यी नाइकेहरुलाई सजाय नगर्दासम्म राज्य राज्य नै हुन सक्दैन । के गाईको मासु खाने बित्तिकै नेपाली जनता खुशी हुन्छन् ? के संघीयता भन्ने बित्तिकै धनी र अधिकार सम्पन्न हुन्छन् ? के संघीयताले जनताको रोजीरोटी र रोजगारीको ग्यारेण्टी गरेको छ ?यी प्रश्नहरुले जनताहरुलाई संघीयताको बारेमा थुप्रै आशंकाहरु जन्माएको मात्र छैन, चुनौतिहरु थपिएका छन् ।

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ चैत्र २६, ०९: ०७

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७४ चैत्र २६, ०९: ०७

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७४ चैत्र २६, ०९: ०७

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...