अल्मलिएको विकास प्रशासन÷मानव संशाधनको प्रयास–३ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

अल्मलिएको विकास प्रशासन÷मानव संशाधनको प्रयास–३

अच्युतप्रसाद पौडेल ‘चिन्तन’

अवधारणाको उदय र अवधारणा
सन् १९३० को विश्व आर्थिकमन्दी, प्रथम र दोस्रो विश्वयुद्धले देखाएको दुष्परिणाम नवोदित राष्ट्रहरुको छिटो प्रगतिको चाहना, संयुक्त राष्ट्रहरुको छिटो प्रगतिको चाहना, संयुक्त राष्ट्र संघको उदय, कल्याणकारी राज्यको अवधारणा, मानव अधिकारको सोंच, आर्थिक र प्राविधिक सहयोगको विश्वव्यापी होड, राज्य राज्यबीच मैत्रीको परिकल्पना विश्व एक गाउँ भन्ने नवीन सोंच विविध कारणहरु संसार भरिनै विकास प्रशासन र मानव संशाधन विकासको अवधारणा आएको हो ।

पछि समय नेपाल पनि यसबाट अलग रहन सकेन । खासगरी अमेरिकी विद्धान्हरुबाट प्रतिपादीत यस्ता सोंचहरु विश्व सबैतिर छरपस्ट छरिन पुगे । पि.एड्वार्ड वाड्रनर नै विकास प्रशासनका जनक छन् । उनी पछिका पुस्ता फ्रेडरिग्स, प्लेम्बरा, अल्वर्ट वारस्टोन, आमिंग स्वेडलो आदि विद्धान्हरुले यी विषयहरुलाई मलजल गरे ।

विश्वयुद्धपछि पनि शीतयुद्ध कायमै रह्यो । विश्व दुई भागमा धुव्रीकरण भयो । एउटाको नेतृत्व पुँजीवादीहरुले लिए । अर्काको नेतृत्व समाजवादीले लिए । क्रमशः अमेरिका र सोभियत रुसले । विकासोन्मुख मुलुक नेपाल जस्तालाई सघाउने नीति दुवैले लिए । यसरी सघाउने क्रममा उनीहरुको नारा रह्यो माथिका बुँदाहरु जस्तै प्रशासन सुधार, विकेन्द्रीकरण, विकास प्रशासन, सुशासन, मानव अधिकार आदि ।

पुुँजीवादी र समाजवादी दुई आँखाले तेस्रो मुलुकहरु देखिन थाले । २४ अक्टोबर १९४५ सन्मा बनेको संयुक्त राष्ट्र संघको नारा भने विकास प्रशासनै रह््यो र नै रहन थाल्यो । बेलायत, फ्रान्स जस्ता औपनिवेशिक मुलुकबाट विस्तारै स्वतन्त्र भएका नयाँ राज्यहरुले विकास प्रशासनको अवधारणाबाटै आफ्नो हित र सन्तुष्टि विकास हुने सम्झना गर्न थाले ।

सन् १९३० को मन्दीपछि अमेरिकी टेनेसी भ्याली अथोरिटि परियोजना र युरोपको मास्टर प्लानले योजनाबद्ध विकासको अवधारणा तेस्र्याएपछि विकास प्रशासनको अवधारणाबाट सबै मुलुक प्रभावित र मोहित हुँदै आए । थिच्चिदै भएपनि हाम्रो नेपाल यहाँसम्म आइपुगेको छ अरु कता जाने हो थाहा छैन ।

सार्वजनिक प्रशासन र विकास प्रशासनको अन्तरसम्बन्ध मुलुकी प्रशासन सार्वजनिक प्रशासनकै माध्यमबाट सञ्चालित हुने गर्छ । राज्यमा शान्ति सुरक्षा, राजस्व परिचालन, रक्षा, प्रतिरक्षादेखि अन्तरदेशीय सम्बन्ध विस्तारसम्मको दायरा सार्वजनिक प्रशासनसँगै हुने गर्छ । अझ हेर्दा सार्वजनिक प्रशासन परम्परागत अवधारणाबाट मुक्त हुन सकेको पाइदैन । विकास प्रशासनसँग भने आधुनिक र विकासको लक्ष्यका साथै क्षमताको विस्तार योजनाबद्ध स्रोत साधनको अधिक उपयोग समेतको दायरा हुने गर्छ ।

सन् १८८७ मा सार्वजनिक प्रशासनका विद्धान् विड्रो विल्सनले ‘द स्टडी अफ एडमिनिस्ट्रेसन कृति प्रशासन गरेपछि प्रशासनको विधाको रुपमा यसले चर्चा पाउन थाल्यो । सन् १९४७ को रोवर्ट दलको द टाइम्स अफ पब्लिक एडमिनिस्ट्रेटसन प्रकाशित पछि प्रशासन क्षेत्रको तुलनात्मक अध्ययनको दायरा अझ विस्तार भएको पाइन्छ । सन् १९५२ मा अमेरिकी प्रिन्सटन विश्वविद्यालयको सार्वजनिक प्रशासन सम्मेलनले अझ यसको अध्ययन अनुसन्धान थप भएको पाइन्छ ।

शान्ति विना विकास सम्भव छैन । सार्वजनिक प्रशासनको मूल ध्येय शान्ति सुरक्षा हो । नवीन सार्वजनिक प्रशासनमा विकास प्रशसनको माध्यमबाट प्रजातान्त्रिक शासन व्यवस्था मुलुकमा सञ्चालन गर्ने अवधारणाबाट पनि सार्वजनिक प्रशासनको अभिन्न अंगको रुपमा निकास प्रशासनलाई अँगाल्दै आउन थालियो । मुलुकको सामाजिक र आर्थिक समृद्धि नभएरसम्म समग्र मुलुकको विकास सम्भव छैन ।

त्यसर्थ परम्परागत कार्यमा मात्र सितीत नभई वातावरण सन्तुलन, दिगो विकास, मानव अधिकार लगायत सूचना र प्रतिविम्बसँगको तादात्यकता परिवर्तन समाजको अवधारणा रहन पुग्यो । अब सार्वजनिक प्रशासन सुशासन र विद्युतीय शासनसम्म पुगिसकेकाले विकास प्रशासनलाई साथलाई यसले आफ्नो अवधारणा पूर्ण गर्न नसक्ने भैसकेको देखिन्छ ।

सीमित स्रोत साधन प्रयोगबाट परिणाममुखी उपलब्धी, पारदर्शी र प्रभावकारी मितव्ययी र कुशल अवस्थामा परिवर्तित र नवीन समाजको अभिन्न सामना गर्नु परेकाले पनि यसले आफ्नो परम्परागत अवधारणाबाट माथि उठ्नु आवश्यक प¥यो ।

प्रस्तुत पृष्ठभुमिमा विकास प्रशासनको अवधारणा र यसको महत्व अरु हुदै आयो । विकासको क्षेत्र व्यापक भएकाले विकासका उद्देश्यहरु पूर्ति हेतु सञ्चालित योजना, राजनीति, कार्यनीति, कार्यक्रमहरु प्रविधिको छनोटदेखि प्रशासकीय सुधार र संस्थागत विकाससम्म यसका अभिन्न अंग एवं परिपूरक तत्व बन्न पुगे । मानव संशाधन र यसको विकास क्षत्रीय सन्तुलन एवं सामुदायिक भावनाले थप पश्रय पाउँदै जानाले विकास प्रशासनको क्षेत्र विस्तार हुँदै आएको देखिन्छ ।

नको अवधारणा र यसको महत्व अरु हुदै आयो । विकासको क्षेत्र व्यापक भएकाले विकासका उद्देश्यहरु पूर्ति हेतु सञ्चालित योजना, राजनीति, कार्यनीति, कार्यक्रमहरु प्रविधिको छनोटदेखि प्रशासकीय सुधार र संस्थागत विकाससम्म यसका अभिन्न अंग एवं परिपूरक तत्व बन्न पुगे । मानव संशाधन र यसको विकास क्षत्रीय सन्तुलन एवं सामुदायिक भावनाले थप पश्रय पाउँदै जानाले विकास प्रशासनको क्षेत्र विस्तार हुँदै आएको देखिन्छ ।

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ बैशाख ९, ०९: २४

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७६ बैशाख ९, ०९: २४

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७६ बैशाख ९, ०९: २४

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...