
अवधारणाको उदय र अवधारणा
सन् १९३० को विश्व आर्थिकमन्दी, प्रथम र दोस्रो विश्वयुद्धले देखाएको दुष्परिणाम नवोदित राष्ट्रहरुको छिटो प्रगतिको चाहना, संयुक्त राष्ट्रहरुको छिटो प्रगतिको चाहना, संयुक्त राष्ट्र संघको उदय, कल्याणकारी राज्यको अवधारणा, मानव अधिकारको सोंच, आर्थिक र प्राविधिक सहयोगको विश्वव्यापी होड, राज्य राज्यबीच मैत्रीको परिकल्पना विश्व एक गाउँ भन्ने नवीन सोंच विविध कारणहरु संसार भरिनै विकास प्रशासन र मानव संशाधन विकासको अवधारणा आएको हो ।
पछि समय नेपाल पनि यसबाट अलग रहन सकेन । खासगरी अमेरिकी विद्धान्हरुबाट प्रतिपादीत यस्ता सोंचहरु विश्व सबैतिर छरपस्ट छरिन पुगे । पि.एड्वार्ड वाड्रनर नै विकास प्रशासनका जनक छन् । उनी पछिका पुस्ता फ्रेडरिग्स, प्लेम्बरा, अल्वर्ट वारस्टोन, आमिंग स्वेडलो आदि विद्धान्हरुले यी विषयहरुलाई मलजल गरे ।
विश्वयुद्धपछि पनि शीतयुद्ध कायमै रह्यो । विश्व दुई भागमा धुव्रीकरण भयो । एउटाको नेतृत्व पुँजीवादीहरुले लिए । अर्काको नेतृत्व समाजवादीले लिए । क्रमशः अमेरिका र सोभियत रुसले । विकासोन्मुख मुलुक नेपाल जस्तालाई सघाउने नीति दुवैले लिए । यसरी सघाउने क्रममा उनीहरुको नारा रह्यो माथिका बुँदाहरु जस्तै प्रशासन सुधार, विकेन्द्रीकरण, विकास प्रशासन, सुशासन, मानव अधिकार आदि ।
पुुँजीवादी र समाजवादी दुई आँखाले तेस्रो मुलुकहरु देखिन थाले । २४ अक्टोबर १९४५ सन्मा बनेको संयुक्त राष्ट्र संघको नारा भने विकास प्रशासनै रह््यो र नै रहन थाल्यो । बेलायत, फ्रान्स जस्ता औपनिवेशिक मुलुकबाट विस्तारै स्वतन्त्र भएका नयाँ राज्यहरुले विकास प्रशासनको अवधारणाबाटै आफ्नो हित र सन्तुष्टि विकास हुने सम्झना गर्न थाले ।
सन् १९३० को मन्दीपछि अमेरिकी टेनेसी भ्याली अथोरिटि परियोजना र युरोपको मास्टर प्लानले योजनाबद्ध विकासको अवधारणा तेस्र्याएपछि विकास प्रशासनको अवधारणाबाट सबै मुलुक प्रभावित र मोहित हुँदै आए । थिच्चिदै भएपनि हाम्रो नेपाल यहाँसम्म आइपुगेको छ अरु कता जाने हो थाहा छैन ।
सार्वजनिक प्रशासन र विकास प्रशासनको अन्तरसम्बन्ध मुलुकी प्रशासन सार्वजनिक प्रशासनकै माध्यमबाट सञ्चालित हुने गर्छ । राज्यमा शान्ति सुरक्षा, राजस्व परिचालन, रक्षा, प्रतिरक्षादेखि अन्तरदेशीय सम्बन्ध विस्तारसम्मको दायरा सार्वजनिक प्रशासनसँगै हुने गर्छ । अझ हेर्दा सार्वजनिक प्रशासन परम्परागत अवधारणाबाट मुक्त हुन सकेको पाइदैन । विकास प्रशासनसँग भने आधुनिक र विकासको लक्ष्यका साथै क्षमताको विस्तार योजनाबद्ध स्रोत साधनको अधिक उपयोग समेतको दायरा हुने गर्छ ।
सन् १८८७ मा सार्वजनिक प्रशासनका विद्धान् विड्रो विल्सनले ‘द स्टडी अफ एडमिनिस्ट्रेसन कृति प्रशासन गरेपछि प्रशासनको विधाको रुपमा यसले चर्चा पाउन थाल्यो । सन् १९४७ को रोवर्ट दलको द टाइम्स अफ पब्लिक एडमिनिस्ट्रेटसन प्रकाशित पछि प्रशासन क्षेत्रको तुलनात्मक अध्ययनको दायरा अझ विस्तार भएको पाइन्छ । सन् १९५२ मा अमेरिकी प्रिन्सटन विश्वविद्यालयको सार्वजनिक प्रशासन सम्मेलनले अझ यसको अध्ययन अनुसन्धान थप भएको पाइन्छ ।
शान्ति विना विकास सम्भव छैन । सार्वजनिक प्रशासनको मूल ध्येय शान्ति सुरक्षा हो । नवीन सार्वजनिक प्रशासनमा विकास प्रशसनको माध्यमबाट प्रजातान्त्रिक शासन व्यवस्था मुलुकमा सञ्चालन गर्ने अवधारणाबाट पनि सार्वजनिक प्रशासनको अभिन्न अंगको रुपमा निकास प्रशासनलाई अँगाल्दै आउन थालियो । मुलुकको सामाजिक र आर्थिक समृद्धि नभएरसम्म समग्र मुलुकको विकास सम्भव छैन ।
त्यसर्थ परम्परागत कार्यमा मात्र सितीत नभई वातावरण सन्तुलन, दिगो विकास, मानव अधिकार लगायत सूचना र प्रतिविम्बसँगको तादात्यकता परिवर्तन समाजको अवधारणा रहन पुग्यो । अब सार्वजनिक प्रशासन सुशासन र विद्युतीय शासनसम्म पुगिसकेकाले विकास प्रशासनलाई साथलाई यसले आफ्नो अवधारणा पूर्ण गर्न नसक्ने भैसकेको देखिन्छ ।
सीमित स्रोत साधन प्रयोगबाट परिणाममुखी उपलब्धी, पारदर्शी र प्रभावकारी मितव्ययी र कुशल अवस्थामा परिवर्तित र नवीन समाजको अभिन्न सामना गर्नु परेकाले पनि यसले आफ्नो परम्परागत अवधारणाबाट माथि उठ्नु आवश्यक प¥यो ।
प्रस्तुत पृष्ठभुमिमा विकास प्रशासनको अवधारणा र यसको महत्व अरु हुदै आयो । विकासको क्षेत्र व्यापक भएकाले विकासका उद्देश्यहरु पूर्ति हेतु सञ्चालित योजना, राजनीति, कार्यनीति, कार्यक्रमहरु प्रविधिको छनोटदेखि प्रशासकीय सुधार र संस्थागत विकाससम्म यसका अभिन्न अंग एवं परिपूरक तत्व बन्न पुगे । मानव संशाधन र यसको विकास क्षत्रीय सन्तुलन एवं सामुदायिक भावनाले थप पश्रय पाउँदै जानाले विकास प्रशासनको क्षेत्र विस्तार हुँदै आएको देखिन्छ ।
नको अवधारणा र यसको महत्व अरु हुदै आयो । विकासको क्षेत्र व्यापक भएकाले विकासका उद्देश्यहरु पूर्ति हेतु सञ्चालित योजना, राजनीति, कार्यनीति, कार्यक्रमहरु प्रविधिको छनोटदेखि प्रशासकीय सुधार र संस्थागत विकाससम्म यसका अभिन्न अंग एवं परिपूरक तत्व बन्न पुगे । मानव संशाधन र यसको विकास क्षत्रीय सन्तुलन एवं सामुदायिक भावनाले थप पश्रय पाउँदै जानाले विकास प्रशासनको क्षेत्र विस्तार हुँदै आएको देखिन्छ ।
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...