रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

नयाँ विकल्प,

रोल्पा – रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ मा बिहीवार बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जना पुरुष र एक महिला गरी चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ज्यान गुमाउनेको पहिचान भने खुलिसकेको छैन ।

घाइते ११ जनाको सुनिल स्मृति अस्पताल घर्ती गाउँमा उपचार भइरहेको छ ।

दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे दुर्घटना हुँदा सडकबाट माडी खोलामा खसेको हो ।

सम्बन्धित समाचार

जनकपुरका निजी विद्यालय भोलिदेखि अनिश्चितकालका लागि बन्द
जनकपुरका निजी विद्यालय भोलिदेखि अनिश्चितकालका लागि बन्द
  • २०७८ मंसिर २, १९: ५६

जनकपुरधाम। निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण निजी विद्यालयहरू भोलिदेखि बन्द गर्ने निर्णय गरेका छन्। निजी विद्यालयका संगठनहरुले संयुक्तरुपमा...

रबीलाई भैरहवाबाट पोखरा ल्याएर स्वास्थ्य जाँच गरियो
रबीलाई भैरहवाबाट पोखरा ल्याएर स्वास्थ्य जाँच गरियो
  • २०७८ मंसिर २, १९: ५६

पोखरा । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रबी लामिछानेलाई भैरहवाबाट पोखरा पुर्याइएको छ। पोखरा पुर्याउनासाथ...

डडेल्धुर आएर देउवाले भने ‘पश्चिम सेती जलविद्युत् आयोजना बन्छ’
डडेल्धुर आएर देउवाले भने ‘पश्चिम सेती जलविद्युत् आयोजना बन्छ’
  • २०७८ मंसिर २, १९: ५६

डडेल्धुरा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताएका छन्। गृह जिल्ला डडेल्धुरा पुगेका पूर्वप्रधानमन्त्री देउवाले...