समस्यामा परेका आफ्ना नागरिकलाई अस्ट्रेलियाले स्वदेश फर्कन आर्थिक सहयोग गर्ने – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

समस्यामा परेका आफ्ना नागरिकलाई अस्ट्रेलियाले स्वदेश फर्कन आर्थिक सहयोग गर्ने


मन बहादुर न्यौपाने
सिड्नी – बिदेश भ्रमणमा गएको बेला कोरोना भाइरसका कारण विदेशमै अड्किएर समस्यामा परेका अस्ट्रेलियाका नागरिकलाई यहाँको संघीय सरकारले स्वदेश आउन सहायता स्वरूप ऋण दिने भएको छ ।

कोरोना भाइरसका कारण विदेशमै अड्केर बस्न बाध्य अस्ट्रेलियालीका समस्याका बारेमा बोल्दै परराष्ट्र मन्त्री मरिस पेनले आर्थिक रूपमा कमजोर तथा असुरक्षित अस्ट्रेलियालीहरू लक्षित ट्राभलर इमर्जेन्सी लोन्स प्रोग्राम नामको यात्रु आपतकालिन ऋण कार्यक्रमक ल्याइने बताएकी हुन ।

पछिल्लो सर्बेक्षणले करिब तीस हजार भन्दा बढि अस्ट्रेलियन नागरिकहरु विविध कारण संसारभर छरिएर रहेका छन् । तीमध्ये करिब पचास जना नेपालमा रहेका छन । कतिपय कामका दौरान र कतिपय घुम्न गएका कारण समस्यामा फसेका हुनसक्ने बताइएको छ ।

बिदेशमा रहेका अधिकाश अस्ट्रेलियनहरु स्वदेश फर्कन चाहेको बिभिन्न माध्यमवाट सुचना प्राप्त भएपछि सरकारले यस्तो सहलियत ऋणको व्यबस्था गर्न लागेको हो ।

‘यो सहायत ऋणका रुपमा एक चोटिका लागि प्रदान गरिने आपतकालिन खर्च जीवनयापन गर्न र उनिहरुलाइ अस्ट्रेलिया फिर्ता हुन सक्षम नभएसम्म उपलब्ध हुनेछ,’ मन्त्री पेनले जानकारी दिइन ।

तर, यसरी सरकारी ऋण लिन भने सरकारले तोकेका केही आधारभुत आवश्यकताहरु पुरा गरेको हुनुपर्दछ । बिदेशमा बसेर अस्ट्रेलिया फर्कन प्रयास गरेको अनि आर्थिक समस्यामा परेको प्रमाण भने पेश गर्नुपर्ने हुन्छ ।

कोरोनाभाइरस महामारी शुरु भएयता हालसम्म झण्डै तीन लाख ७९ हजार अस्ट्रेलियालीहरू स्वदेश फर्किसकेका छन् ।

यो ऋण साहयताका लागि अस्ट्रेलियाली नागरिक भएको हुनुपर्ने र १८ बर्ष पुरा भएको तथा उनका नजिकका नातेदार पीआर भए उनीहरुको नाम समेत समावेश गरिन सकिने छ । आवेदन दिने मानिसले आर्थिक सहयोगका लागि व्यावहारिक प्रयास गरेको हुनुपर्ने छ ।

बस्ने स्थान सुरक्षित नभएको अनि अस्ट्रेलिया फर्कनको लागि टिकट खरिद नगरुन्जेल आश्रय स्थलको खोजी लगायतका विविध कारणहरुमा पनि यो सहायत ऋण प्राप्त हुने परारष्ट्र मन्त्री पेनले जानकारी गराइन् ।

त्यती मात्र होइन हवाइ उडान उपलब्ध नभएका र सम्वन्धित राज्यको लकडाउनमा फसेका अस्ट्रेलियनहरुले पनि यो सहयोग प्राप्त गर्न सक्ने छन् ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
  • २०७७ भाद्र २४, १८: ०३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७७ भाद्र २४, १८: ०३

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
  • २०७७ भाद्र २४, १८: ०३

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...