

नयाँ विकल्प,
काठमाण्डौं । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले वर्तमान सरकार सर्वहाराको नभई सर्वमाराको भएको वताएका छन् ।
नेता भण्डारीले वर्तमान सक्रमणको घडीमा सरकारले सर्वहाराको नारा चर्को रुपमा दिए पनि जनता भोकभोकै मर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
तरुण विभाग प्रमुख समेत रहेका भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले चालु बजेटमा कामका लागि खाद्यन्न, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना लगायतका कार्यक्रम कार्यकर्ता पोस्नमा सिमिति भएको जनाए ।
‘कोरोनाका संक्रमितहरुको उपचारमा राज्यले ध्यान पुर्याउन नसक्नु आपत्तिजनक छ, नेता भण्डारीले भने, ‘कोरोनाको संक्रमणमा नेपाली नागरिकहरु सुरक्षित रहन भन्दै स्वदेश आए पनि भोकभोकै मर्ने अवस्था सिर्जना भएपछि भारत लगायत अन्य मुलुक जान लागेका छन् ।’
रोजगारीको लागि विदेश फर्कने अवस्था नेपाली युवामा सिर्जना हुनु अत्यन्त लज्जाजनक विषय भएको जनाउँदै भण्डारीले कोरोनाको कहरमा समेत सरकार लुटतन्त्र मच्याउन उद्धत भईरहेको दाबी गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने भएको छ । नेपाली...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे प्रतिनिधिसभालाई जानकारी...