भर्चुअल मिटिङमा कमल थापा, ‘कांग्रेसको भूमिका प्रभावहिन’ – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

भर्चुअल मिटिङमा कमल थापा, ‘कांग्रेसको भूमिका प्रभावहिन’

नयाँ विकल्प,

काठमाडौं – कोभिड १९ को महामारीका कारण राजनीतिक गतिविधि ठप्प प्रायः भएको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भने देशव्यापी रुपमा नेता कार्यकर्ताहरुसँग भर्चुअल बैठकमा व्यस्त रहेका छन् ।

बैठकमा कोभिड १९ को प्रभाव र बढ्दो संकट, मुलुकको पछिल्लो राजनीतिक घटनामक्रम, पार्टी एकता र भावी योजनाका बारेमा छलफल गरिएको छ ।

सो अवसरमा बोल्दै अध्यक्ष थापाले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउनको निमित्त क्रियाशिल हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावाद अहिलेको डरलाग्दो समस्या भएको भन्दै मुलुकलाई समृद्धिको दिशामा लैजानको निमित्त राप्रपाले अवलम्बन गरेको मार्गचित्रबाट मात्र सम्भव हुने दावी गरे ।

झण्डै दुईतिहाइको बहुमतप्राप्त सरकार जनताको नजरमा दिन प्रतिदिन असक्षम सावित हुँदै गएको र नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट प्रभावहिन देखिएकोले राप्रपाले आगामी दिनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न केन्द्रित हुन अध्यक्ष थापाको जोड थियो ।

पार्टी एकतालाई निष्कर्षमा पुर्याएर देशव्यापी सकारात्मक सन्देश प्रवाह गर्न आफुले भरमग्दुर प्रयास गरिरहेको र हदैसम्म लचकता प्रदर्शन गरेको थापाले सहभागिहरुलाई जानकारी गराएका थिए ।

भर्चुअल बैठक प्रदेश, जिल्ला, क्षेत्र र जनवर्गीय संगठनको तहसम्म निरन्तर जारी रहने राप्रपा केन्द्रीय सचिबालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा सहभागी नेताहरुले अहिलेको अवस्थामा पार्टीं एकता आवश्यक भएकोले सिद्धान्त र विचारमा सम्झौता नगरी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन सुझाव दिएका थिए ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ भाद्र २८, १४: ०९

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ भाद्र २८, १४: ०९

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ भाद्र २८, १४: ०९

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...