सरकार ‘होसहवासमा छैन’, लोकतन्त्र संकटमा छ : ओली – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

सरकार ‘होसहवासमा छैन’, लोकतन्त्र संकटमा छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै वर्तमान सरकार ‘होसहवासमा नरहेको’ आरोप लगाएका छन्। उनले सरकारको कार्यशैली लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको दाबी गर्दै लोकतन्त्र नै संकटमा परेको टिप्पणी गरे।

बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार फाँसीवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाए। उनले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोइरहेका र नागरिक विस्थापित भएका दृश्य सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको उल्लेख गर्दै सरकारको व्यवहार अधिनायकवादी भएको बताए।

सरकारले जनताको आवाज नसुन्ने र आलोचनाप्रति असहिष्णु बनेको आरोप लगाउँदै ओलीले देशमा नागरिकले खुसी हुने वातावरण नरहेको टिप्पणी गरे।

उनले भने, “नेपालमा अहिले खुसी हुनका लागि अन्तर्राष्ट्रिय फुटबल खेल हेर्नुपर्छ। राति अबेरसम्म त्यो हेरेर केहीबेर रमाउन सकिएला, नत्र खुसी हुने ठाउँ कतै छैन।”

सरकारको अवस्थालाई ‘उम्लिएको दूध’सँग तुलना गर्दै ओलीले सरकार यथार्थबाट टाढिएको टिप्पणी गरे। उनले भने, “अहिले यो सरकार कहाँ ठेगानमा छ? यसका खुट्टा कहाँ भुइँमा छन्? उम्लिएको दूधजस्तै भएको छ। दूध भाँडाको पिँधमा छैन, भाँडाभरि फैलिएको छ।”

देशको समग्र अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै ओलीले मुलुकलाई सही दिशामा अघि बढाउने जिम्मेवारी एमालेले पूरा गर्ने दाबी गरे। उनले एमाले कमजोर नभएको, अझ सशक्त रूपमा अघि बढ्ने र सफल हुने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
  • २०८३ असार २५, १७: ५२

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
  • २०८३ असार २५, १७: ५२

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उनको उपचारको क्रममा मंगलबार निधन...

मानव बेचबिखन नयाँ स्वरूपमा फैलँदै, सामूहिक प्रयास अपरिहार्य : हरिवंश आचार्य
मानव बेचबिखन नयाँ स्वरूपमा फैलँदै, सामूहिक प्रयास अपरिहार्य : हरिवंश आचार्य
  • २०८३ असार २५, १७: ५२

काठमाडौं । मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर निस्केर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको भन्दै हास्य कलाकार हरिवंश आचार्यले...