प्रहरीले सर्लाहीमा सांसदसहित आफ्ना कार्यकर्तामाथि दमन गरेको भन्दै कांग्रेसद्वारा निन्दा – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

प्रहरीले सर्लाहीमा सांसदसहित आफ्ना कार्यकर्तामाथि दमन गरेको भन्दै कांग्रेसद्वारा निन्दा

नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका सांसद डा. अमरेसकुमार सिंहसहित पार्टीका नेता र कायृकर्तामाथि प्रहरीले दुव्र्यवहार र दमन गरेको भन्दै कांग्रेसले घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ ।

सर्लाहीको रामनागर गाउँपालिका वडा नं ७ निवासी महेन्द्र रामको गत असोज २२ गते भएको हत्याका आरोपीलाई कारबाही गर्न माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिन जाँदा प्रहरीले सांसदलाई दुव्र्यवहार र मृतककी श्रीमतीलाई घाइते बनाएको थियो ।

सांसद सिहंससहित प्रदेश सभासभा सदस्यद्वय उपेन्द्र कुसवाह र बीरेन्द्रप्रसाद सिंह, पार्टी जिल्ला सभापति नागेन्द्रकुमार रायसहित हत्या गरिएका महेन्द्र रामकी श्रीमती हत्याको किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय मलंगवा जाँदा प्रहरीको लाठी प्रहार गरी घाइते बनाएको कांग्रेसको दाबी छ ।

बुधबार प्रहरीले किटानी जाहेरी दिन गएका पीडित परिवारका सदस्यसहित कांग्रेसका कार्यकर्तामाथि लाठी चार्ज र अश्रुग्याँस प्रहार गरी ५० जना बढीलाई घाइते बनाएको थियो भने दुई जनालाई प्रक्राउ गरेको छ ।

कांग्रेसले पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाई गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ ।

असोज २२ गते हत्या गरिएका रामको शव प्रहरीले जवरजस्ती वीरगञ्जस्थित नारायणी अस्पतालमा राखेको र मृतकको परिवारको जाहेरी समेत दर्ता नगरेको विरोधमा पीडितलाई न्याय दिलाउन कांग्रेस सर्लाहीले बुधबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो ।

मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाई एवं अन्य ३ महिला समेत घाइते भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण्प्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ आश्विन २९, १५: २२

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ आश्विन २९, १५: २२

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ आश्विन २९, १५: २२

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...