
नयाँ विकल्प
रुपन्देही – राष्ट्रिय जनमोर्चाले एमसिसीविरुद्ध आन्दोलनमा उत्रन आग्रह गरेको छ ।
गृहमन्त्रालयले एमसीसीको विरोधमा कुनै प्रकारको विरोध नगर्न विज्ञप्ती जारी गरेको भन्दै जनमोर्चाले आन्दोलनमा सबैलाई उत्रित आह्वान गरेको हो ।
जनमोर्चाले भदौ २२ गते एमसीसीविरुद्ध देशव्यापी सांकेतिक विरोधको कार्यक्रम सफल पार्न अपिल गरेको छ ।
सो दलले एमसिसी नेपालको राष्ट्रियता, सार्वभौमिकता र हितविरुद्ध भएको ठहर गर्दै एमसीसीका उपाध्यक्षको आगमन, नेपाललाई एमसीसी पारित गर्न दिएको दबावविरुद्ध र स्वयं गठबन्धनको सरकारलाई सचेत पार्न देशव्यापी विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरेको जनाएको छ ।
दलका अध्यक्ष चित्रबहादुर केसीले आइतवार एक विज्ञप्ती जारी गर्दै केही दिनयता राष्ट्रिय जनमोर्चाबाहेकका गठबन्धनका दलहरुबीच एमसिसीबारे छलफल भएको, एमसिसीको विज्ञापन प्रसारण भएको, एमसिसी अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने, अमेरिकाले एमसिसीलाई संसदबाट पारित गराउन दिएको दबाब र चर्चाले एमसीसीलाई पारित गर्न चलखेल भएको उल्लेख गरेका छन् ।
विरोध कार्यक्रमहरुलाई सफल पार्न पार्टीका सबै तहका समिति, कार्यकर्ता, जनवर्गीय संगठन तथा जनसमुदायहरुसँग अपिल पनि गरिएको छ ।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...