नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त

नयाँ विकल्प,
काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विजयकुमार गच्छदार निकट यादवलाई नेविसंघ महामन्त्रीमा नियुक्त गरेको हुन् ।

सुनसरीका यादव यसअघि नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमितिमा पनि महामन्त्री नै थिए ।

तत्कालिन नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन भएपछिको सहमति अनुसार यादवलाई नियुक्त गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२०७६ माघ १६ गते राजीव ढुंगानाको नेतृत्वमा गठित नेविसंघ तदर्थ समितिमा यसअघि सात जनालाई महामन्त्रीको जिम्मेवारी दिइएको थियो ।

यादवको नियुक्तिसँगै नेविसंघमा महामन्त्रीको संख्या ८ पुगेको छ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ भाद्र २०, २१: ५५

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ भाद्र २०, २१: ५५

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ भाद्र २०, २१: ५५

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...