
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसद्सँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता थापाले संसदप्रति ओलीको घृणा सिङ्गो नेकपा एमालेमा पनि पुगेको भन्दै एमाले संसदीय मर्यादामा बस्न नसकेको बताए ।
नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरूले बजेटको विषयमा बोल्न नपाएको उल्लेख गरे ।
एमालेको अवरोधले सांसदहरूले संसदमा आफ्नो भूमिकासमेत निर्वाह गर्न नपाएको बताए ।
एमालेको प्रस्तुतिले संसदीय पद्धतिको गरिमा राख्न नसक्ने उनको भनाइ ।
फरक प्रसङ्गमा नेता थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्योल भएको बताएका छन् ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...