
नयाँ विकल्प,
पर्वत – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्वतका सातवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार शुरु भएको अधिवेशन सोमबार सकिएको हो ।
जिल्लाका ७ वटा पालिकामध्ये ६ वटाको अधिवेशन आइतबार भएको थियो भने पैयुँ गाउँपालिकामा सोमबार भएको निर्वाचनबाट नेतृत्व चयन भएको हो ।
कुश्मा नगरपालिकाको सभापतिमा किशोर भण्डारीले १९८ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी यदुनाथ शर्मा बास्तोलाले १३१ मत ल्याएका थिए । उपसभापतिमा राजन जोशी, कमलकान्त पाध्या, सचिवमा आरसी पौडेल, उत्तम ढकाल, सहसचिवमा पुष्कल शर्मा, शम्भुकुमार जोशी विजयी भएका छन् ।
फलेवास नगरपालिकाको सभापतिमा हीरामणि सापकोटाले १४३ मत ल्याई विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी थमानसिँह थापाले ७६ मत प्राप्त गरेका थिए ।
उपसभापतिमा नन्दलाल शर्मा, ओम गौडेल, सचिवमा धनबहादुर थापा, चित्रप्रसाद शर्मा विजयी भएका छन् ।
मोदी गाउँपालिकामा निर्देशक लामिछानेले ५४ मत ल्याइ सभापतिमा विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी दिपेन्द्रजंग लामिछानेले ३५ र पदमपाणि शर्माले ३४ मत ल्याएका थिए ।
उपसभापतिमा तिलप्रसाद पौडेल, पार्वती सुवेदी, सचिवमा कृष्ण मल्ल र जीवन्धर चापागाईं विजयी भएका छन् ।
जलजला गाउँपालिकाको सभापतिमा इन्दुप्रकाश पौडेलले ८१ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी हरिविकास जिसीले ६६ मत प्राप्त गरी पराजित भएका हुन् ।
उपसभापतिमा सावित्रा खत्री, शशी आचार्य, सचिवमा नविन जिसी, युवराज अर्मजा, सहसचिवमा रामकुमार पौडेल र डम्बर विक विजयी भएको निर्वाचन अधिकृत भवानीशंकर पौडेलले बताए ।
पैयुँ गाउँपालिकामा डम्बर प्रधान निर्वाचित भएका छन् ।
उनले तोयानाथ भुसाललाई पछि पार्दै विजयी भएका हुन् ।
उता, महाशीलाको सभापतिमा उज्जल गुरुङ निर्वाचित भएका छन् ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...