
नयाँ विकल्प,
काठमाडौं – माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संगठनको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।
राजधानीमा जारी संगठनको २२ औं राष्ट्रिय सम्मेलनले सांगठनिक प्रतिवेदन उपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समूह बनाइएको छ ।
प्रतिवेदन पारित भएपछि नेतृत्व चयन प्रक्रिया अघि बढ्ने राष्ट्रिय सम्मेलन प्रचार प्रसार उपसमितिका संयोजक सुरेन्द्र बस्नेत जानकारी दिएका छन् ।
शुक्रबारको बन्द सत्रमा नेकपा (माओवादी केन्द्र) का नेताहरु नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ, शक्तिबहादुर बस्नेतले प्रशिक्षण दिएका थिए ।
सम्मेलनले अध्यक्ष, ३ खुल्ला उपाध्यक्ष, ४ समावेशी उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, प्रदेशबाट ८ सचिव, समावेशीबाट ५ सचिव र ए कोषाध्यक्ष गरेर २५ सदस्यीय पदाधिकारी तथा १९९ ‘सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...