प्रधानमन्त्री देउवा आज प्रदेश नम्बर १ को डुबान प्रभावित क्षेत्रमा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

प्रधानमन्त्री देउवा आज प्रदेश नम्बर १ को डुबान प्रभावित क्षेत्रमा

काठमाडौं । बाढीपहिरो र डुबानले ठूलो धनजनको क्षति पु¥याएको प्रभावित क्षेत्र निरीक्षणमा निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नम्बर १ को विभिन्न जिल्लाहरूमा जाने भएका छन्।

क्षतिको स्थलगत निरीक्षण गर्न देउवा आज इलामलगायतका जिल्लामा जाने कार्यक्रम तय भएको छ । सुनसरी, मोरङ, इलाम र पाँचथरलगायत ठाउँका पीडित हरूसँग भेट्ने कार्यक्रम छ। प्रधानमन्त्रीसँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाललगायत मन्त्रीहरू पनि निरीक्षणमा रहेको देउवाको सचिवालयले जनाएको छ।

देउवाले बिहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षण गरेर थिए। तत्कालका लागि अस्थायी आवास बनाउन बाढीपहिरो प्रभावितलाई ५० हजार दिने देउवाले आश्वासन दिएर त्यहाँबाट फर्किएका थिए ।

सम्बन्धित समाचार

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ कार्तिक ७, ०९: १७

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
  • २०७८ कार्तिक ७, ०९: १७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
  • २०७८ कार्तिक ७, ०९: १७

काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार...