देउवाले दिए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

देउवाले दिए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले सम्हालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा जानेक्रममा सो अवधिका लागि गृहमन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

सरकारका मुख्यसचिव शंकरदास बैरागीले विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ बुझाएका थिए । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री नरहकोले अहिलेको मन्त्रीमण्डलमा खाण दोस्रो वरियतामा रहेका छन् । मन्त्रिपरिषद्मा वरियतामा दाेस्राे गृहमन्त्री भएकाले कार्यवाहकको जिम्मेवारी खाणले पाएका हुन् ।

पाँच दलीय गठबन्धनको सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित रहेका छन् । कांग्रेसले नेतृत्व गरेको सरकारमा दोस्रो र तेस्रो वरियता आफैसंग राखेको छ । मन्त्रीमण्डलको वरियतामा गृहमन्त्री बालकृष्ण खाण दोस्रो र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्की तेस्रो वरियतामा रहेका छन् भने चौथो वरियतामा माओवादी केन्द्रबाट सरकारमा उर्जामन्त्रीको भूमिकामा रहेकी पम्फा भुसाललाई राखिएको छ ।

सम्बन्धित समाचार

लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
  • २०७८ कार्तिक १२, ११: ०१

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ कार्तिक १२, ११: ०१

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ कार्तिक १२, ११: ०१

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...