सेताेपट्टी बाँधेर गरे इजलास बहिष्कारकाे विराेध – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

सेताेपट्टी बाँधेर गरे इजलास बहिष्कारकाे विराेध

काठमाडौं । न्यायाधीशहरुले इजलास बहिष्कार गरेकोे विरोधमा कानून व्यवसायीहरुले सेतोपट्टी बाँधेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार नभएको भन्दै काठमाडौंको माइतिघरमा कानून व्यवसायी र सर्वसाधारणले विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?, हड्तालकारी न्यायाधीशहरुलाई जनताले घिसारेर इजलासमा लिनुपर्छ, हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायापालिका होईन, घेराबन्दी बन्द गरौं, न्यायापालिका सुचारु गरौं’ लेखिएका ब्यानर तथा प्लेकार्डहरु प्रदर्शन गरिएका थिए ।

विरोध प्रदर्शनमा अधिवक्ता स्वागत नेपालले न्यायाधीशहरुले आफ्नो जिम्मेवारी र कानूनी जिम्मेवारी बिर्सेर अदालतलाई बन्दी बनाएको आरोप लगाए । न्यायाधीशहरुले जनताका काम गर्नुपर्नेमा जनतालाईमा मारमा पारेको धारणा उनको थियो ।

न्यायाधीशहरुले आज (सोमबार)बाट बन्दी प्रत्यतीकरणका सुनुवाईहरु सुरु गरेका छन । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्चमा क्रमबद्ध आन्दोलन भइरहेको छ ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ कार्तिक १५, १५: ४८

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ कार्तिक १५, १५: ४८

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ कार्तिक १५, १५: ४८

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...