सेताेपट्टी बाँधेर गरे इजलास बहिष्कारकाे विराेध – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

सेताेपट्टी बाँधेर गरे इजलास बहिष्कारकाे विराेध

काठमाडौं । न्यायाधीशहरुले इजलास बहिष्कार गरेकोे विरोधमा कानून व्यवसायीहरुले सेतोपट्टी बाँधेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार नभएको भन्दै काठमाडौंको माइतिघरमा कानून व्यवसायी र सर्वसाधारणले विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?, हड्तालकारी न्यायाधीशहरुलाई जनताले घिसारेर इजलासमा लिनुपर्छ, हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायापालिका होईन, घेराबन्दी बन्द गरौं, न्यायापालिका सुचारु गरौं’ लेखिएका ब्यानर तथा प्लेकार्डहरु प्रदर्शन गरिएका थिए ।

विरोध प्रदर्शनमा अधिवक्ता स्वागत नेपालले न्यायाधीशहरुले आफ्नो जिम्मेवारी र कानूनी जिम्मेवारी बिर्सेर अदालतलाई बन्दी बनाएको आरोप लगाए । न्यायाधीशहरुले जनताका काम गर्नुपर्नेमा जनतालाईमा मारमा पारेको धारणा उनको थियो ।

न्यायाधीशहरुले आज (सोमबार)बाट बन्दी प्रत्यतीकरणका सुनुवाईहरु सुरु गरेका छन । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्चमा क्रमबद्ध आन्दोलन भइरहेको छ ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७८ कार्तिक १५, १५: ४८

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७८ कार्तिक १५, १५: ४८

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७८ कार्तिक १५, १५: ४८

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...