भीम आचार्यको राजीनामापछि प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दावी – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

भीम आचार्यको राजीनामापछि प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दावी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसंगै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्री पदमा दावी पेश गरेका छन् । पाँच दलीय गठबन्धनका ४९ सांसदहरुको हस्ताक्षरसहित उनले दावी पेश गरेका हुन् ।

सरकार गठन प्रक्रियाका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आह्वान गरेसंगै नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका समर्थित सांसदहरुको हस्ताक्षरसहित नेता राजेन्द्र राईले दावी पेश गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार दिउसो १ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए । सरकार गठनका लागि दावी पेश गर्न ४७ जना सांसदको हस्ताक्षर आवाश्यक पर्दछ ।

एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा गठबन्धनले दाबी पेश गरेपछि मंगलबार सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी रहेको छ । मंगलबार दिउँसो नै नवगठित मन्त्रीहरूकाे शपथग्रहण गर्ने स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०७८ कार्तिक १५, १७: ४०

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ कार्तिक १५, १७: ४०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ कार्तिक १५, १७: ४०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...